काठमाडौं । सरकारले चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेपछि मधेसी मोर्चा असन्तुष्ट बनेको छ । सरकारले आफुहरुलाई झुक्याएको आरोप मोर्चाका नेताहरुको छ ।

प्रधानमन्त्रीले १७ माघमा मोर्चासँगको छलफलमा निर्वाचनको तयारी गर्दा के हुन्छ ? संशोधन फेल हुँदा पनि मान्ने हो कि होइन ? मैले पहिला भनेको परिमार्जनलाई मान्ने कि नमान्ने ? स्थानीय तहको प्रतिवेदन फेरबदलपछि निर्वाचनमा जाने कि नजाने ? भन्ने प्रश्न गरेका थिए ।

‘कांग्रेस–माओवादीसहित मोर्चाको बैठकमा प्रधानमन्त्रीले हामीलाई चारवटा प्रश्न गर्नुभएको थियो, त्यो प्रश्नको जवाफ हामीले नदिँदै चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय गरेर प्रधानमन्त्रीले बनमासी गर्नुभयो,’ सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने ।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia