२२ माघ, इटहरी । सुनसरीकाे इटहरी ५ स्थित पचरूखी मनी ट्रान्सफरबाट शुक्रबार दिउसाे चार लाख रकम लुटीएकाे छ । बुलेट माेटरसाइकलमा अाएका अज्ञात समुहले शुक्रबार दिउसाे १ बजे कर्मचारीहरूलार्इ नियन्त्रणमा लिएर मनी ट्रान्सफरको कार्यालयबाटै सो रकम लुटेर लगेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
पहिला मुखमा पट्टी लगाएर आएका मङ्गोलियन समुदायका पुरुषले पैसा निकाल्न पाईन्छ भनेर सोधपुछ गरेर त्यसको केहीबेर पछी पुनः आएका ती ब्यक्तिले आईएममीमा पसेर पेस्तोल देखाई त्यहाँ कार्यरत तीन जना कर्मचारीलाई नियन्त्रणमा लिई त्यहाँ भए भरको पैसा झोलामा हाल्न लगाई गेटमा ताला लगाएर डकैती गर्ने समुह बुलेट मोटरसाईकलमा उत्तर धरानतिर लागेको पचरुखी मनि टान्सफरका कर्मचारी गणेश कार्कीले जानकारी दिए ।
मनि टान्सफरमा कार्यरत गणेश कार्की सीता कार्की र सविता कार्कीको साथमा रहेको मोवाईल समेत लुटेर कार्यलयको च्यानल गेटमा बाहिरबाट ताला लगाएर भागेको प्रत्यक्षदर्शी गंगाप्रसाद दाहालले जानकारी दिएका छन ।
मनि टान्सफरमा डकैती गर्ने ब्यक्तिहरुको पहिचान भईसकेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिदै चाँडै नै ती डकैत समुहका मानिस नियन्त्रणमा आउने बताए । ती लुटेरा ब्यक्तिहरु धरानतिर बस्ने मङ्गोलियन समुदायको मानिस भएको पनि प्रहरी नायव उपरीक्षक सुवेदीले जानकारी दिए ।
मनि टान्सफरका गणेश कार्कीले आफुहरुलाई बाहिरबाट चावी लगाएर थुनेकाले केही प्रतिबाद समेत गर्न नपाएको र मोवाईल समेत लुटिएको तर ती ब्यक्तिलाई देख्दा चिन्न सकिने गरी नजिकै कुराकानी समेत भएकाले त्यसरी लुटपाट गर्ने जस्तो नदेखिएको पनि कार्कीले बताएको छ । डकैतीको क्रममा एक सेवाग्राही महिला र पचरुखी मनि टान्सफरमा तीन कर्मचारी बाहेक अरु कोही नभएको पनि बताईएको छ ।









