२२ माघ, मोरङ। मोरङको बेलबारीमा खोलामा करेन्ट लगाएर माछा मार्नेक्रममा आफैलाई करेन्ट लाग्दा शनिबार एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा बेलबारी नगरपालिका ३ बस्ने ३८ वर्षिय मणिकुमार तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। शनिबार दिउँसो १ बजे स्थानीय बेतना खोलामा करेण्ट लगाई माछा मार्न खोज्दा आफैलाई करेन्ट लाग्दा तामाङ घाइते भएका थिए। उनको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचरका क्रममा दिउँसो २ बजे मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia