काठमाडौं, २६ माघ । ‘संविधान संशोधनपछि मात्रै चुनाव’ भनी कांग्रेसले मधेसी मोर्चासँग आइतबार गरेको कबोललाई बाहिर जसरी लिइएको छ, भित्रको हिसाब भने फरक रहेछ ।

सोमबार सानेपास्थित कांग्रेस मुख्यालयमा देउवापक्षीय नेताहरुको एउटा हुलले सभापतिलार्य घेर्यो । नेपाल राष्ट्रिय मगर संघको प्रशिक्षणपछि समय निकालेर पालैपाले विभिन्न समूहसँग भेट गर्ने क्रममा देउवाले गुटका केही मध्यमस्तरीय नेतासँग भने, ‘कुरा बुझ्नुपर्छ नि !’

संसदमा संविधान संशोधन प्रसताव टेबुल भएछ नै भने पनि पारित नहुने निश्चितजस्तै छ । तर, मधेसी मोर्चालाई पारित हुने र नहुनेसँग होइन, टेबुल गर्ने कुराको मात्रै सरोकार छ । ‘यही कुरा पहिल्यै गरेको भए पनि हुन्थ्यो,’ उनले सुनाए, ‘तर, अब जे गर्ने हो, गरिहाल्नुपर्ने भयो ।’ अर्थात्, चुनाव गराउने कुरामा मधेसी मोर्चालाई सरकार बाहिर राख्नुको अर्थ हुँदैन ।

त्यसैले मोर्चासहितको सरकार गठनमा अगैसर हुने बेला भएका कारण उनीहरुको मागसँग कांग्रेसले सहमति जनाएको हो । सोमबार सदनको कारवाही १६ दिनका लागि स्थगित गरिएको सूचना आउनुअघि नै देउवाले सानेपामा भनिसकेका थिए, ‘अब हप्ता दशदिन गयो भने जेठ १ मा चुनाव हुने कुरा सकियो । अर्को एक हप्ता सारेपछि जेठ २१ मा चुनाव हुने कुरा पनि सकिन्छ ।’

‘तर, यसो गर्दा कांग्रेसलाई फाइदा के हुन्छ त ?’ दलित समुदायको जिज्ञासामा देउवाले भने, ‘प्रचण्ड त चुनाव गराउनै चाहँदैनन् । उनीहरुको कुार स्पष्ट छ । त्यसैले मधेसी मोर्चासँग पहिला संशोधनमा जाने र त्यसपछि चुनावमा जाने भन्यो भने हामीलाई सजिलो हुन्छ । हाम्रो सरकार बन्न सक्छ ।’जनआस्था साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia