pashupati-jabara

काठमाडौं, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले आफ्नो पार्टी सरकारबाट बाहिरिने हल्ला मात्र भएको बताएका छन् ।

केही नेताले भाषण गर्दैमा पार्टी सरकारबाट बाहिरिने वा सरकारमै बस्ने निर्णय नहुने बताउँदै उनले तत्काल बाहिरने कुरा हल्ला मात्र भएको प्रस्ट पारेका हुन् ।

‘राप्रपा सरकारबाट बाहिरिने हल्ला मात्र हो, सरकारबाट बाहिरिने कुनै निर्णय भएको छैन,’ उनले भने, ‘को नेताले कहाँ गएर के भन्छ र त्यही भनेको आधारमा सरकारबाट फिर्ता बोलाउन सकिँदैन ।’ पार्टीले सरकारबाट फिर्ता बोलाउने निर्णय नगरेको उनले जानकारी दिए ।आजको राजधानी दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia