काठमाण्डाै । बाबा एजुकेशन कन्सल्टेन्सी सिडनी, अष्ट्रेलीया र काठमांडु, नेपालको प्रायोजनमा भएको ‘नाईं मलाई थाहा छैन’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिताको बुधवार १० वटा उत्कृष्ट भिडियो सार्वजनीक भईसकेको छ ।

१ जनवरी २०१७ देखि ३१ मार्च २०१७ सम्ममा देश तथा विदेशमा रहेका नेपालीहरुबाट प्राप्त ४० वटा भिडियो मध्ये उत्कृष्ट १० वटा भिडियो बैशाख ६ गते, बुधवार गायक सन्जिब पराजुलीको यु-ट्युब च्यानलबाट सार्वजनीक भएको हो। गायकद्वय सन्जिब पराजुली र टीका प्रसाईंको आवाजमा रहेको ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सनको गीतमा आयोजित अन्तराष्ट्रिय नृत्य प्रतियोगिताको बिजेता आज बुधवार सार्वजनिक भएको छ |

प्रतियोगितामा समावेश भएका ४० वटा भिडियोहरु मध्ये प्रतियोगी नं २८ का आयुष चौधरी र अभय चौधरी दाजुभाईको नृत्य भिडियो सर्वोत्कृष्ट भएको हो । यसका साथै यसै प्रतियोगिताका अर्को प्रतिस्पर्धी नागी डान्स सेन्टर इटहरी ‘प्रतियोगी नं १५’ को नृत्य भिडियोलाई, ‘नाईं मलाई थाहा छैन’ ओरिजनल भर्सन गीतको औपचारिक म्युजिक भिडियोद्वारा सम्मान गरिएको कुरा हामीलाई आयोजकले जानकारी गराए |

बिजेताहरुलाई केहि दिनपछी काठमाडौमा एक कार्यक्रमका विच सम्मान तथा पुरस्कार वितरण गर्ने आयोजकले जनाएको छ । देश तथा विदेशबाट प्राप्त भएका भिडियोहरुको मुल्यांकन ३ जना जजहरु भुपेन्द्र चुडाल (अस्ट्रेलिया), उषा किरण बारीया पोखरेल (अस्ट्रेलिया) र सुरेन्द्र बसेल (काठमाडौँ) ले भिन्ना-भिन्नै स्थानबाट जज गरेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia