२० बैशाख, मोरङ। मोरङ पथरी-शनिश्‍चरे नगरपालिका १० स्थित जिरीखिम्तीमा मंगलबार बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने बसमा सवार तेह्र जना घाईते भएका छन्।
पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको ना ७ ख २६५१ नम्बरको बसले विपरित दिसाबाट आउदै गरेको को २४ प ६०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही ठाउँ बस्ने पृथ्वी बोल राईको घटनास्थलमा नै मृत्यु भएको थियो। बसमा सवार तेह्र यात्रु घाईते भई उपचारकालागी पथरी अस्पताल पठाईको छ। बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia