२१ वैशाख, इटहरी । सुनसरीको झुम्कामा रहेको पुर्वाञ्चल क्षेत्रीय कारागारमा आयोजित शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिमा कैदीवन्दीहरुले मनोरञ्जन लिएका थिए । कैदीवन्दीहरुको सोचमा परिवर्तन गरी सकारात्मक धारणा विकास गराउने उदेश्यले सामाजिक गतिविधीहरु संचालन गरिदै आएको क्षेत्रिय कारागारमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरुका साथै कारागार भित्रकै कैदीवन्दी कलाकारहरुको प्रस्तुति रहेको थियो ।

नेपाल सरकारले कारागारलाई सुधार गृहको रुपमा विकास गरिरहेको समयमा पुर्वाञ्चल क्षेत्रिय कारागारमा समय  समयमा विभिन्न किसीमका रचनात्मक,कलात्मक  कार्यक्रमहरु गरिदै आएका छन । कैदीवन्दीहरुमा सकारात्मक धारणा विकास होस भनेर सांस्कृतिक कार्यक्रम गर्न स्वीकृति लिएर आयोजना गरेको आन्तरिक प्रशासनका चौकीदार मोहन घिसिङले बताए ।


कारागारको ब्लक  ए ले आयोजना गरेको सांगितीक कार्यक्रममा कैदीबन्दीहरु झुमेका थिए  । सांस्कृतिक तथा शुभ कामना आदान प्रदान कार्यक्रममा कलाकारहरुले   सुमित खड्काले राष्ट्यि भावनाका गितसंगै केही फिल्मका गित प्रस्तुत गरे भने अहिलेको चर्चित गित घुमाउन लैजाउ मलाई ठमेल बजार ट्याउसी चढाउदै र कालेदाई भन्दै मिना निरौलाले कैदीबन्दीलाई नचाइन । त्यसै गरी जुना प्रसाईले कम्मर माथि पटुकी भन्ने गित गाएका थिइन भने  डम्मर नेपालीले मलाई छाडेर जाने भए जाउ तर अन्तीम पटक भेट्न आउ लगायतका गित गाए  त्यसै गरी सांस्कृतिक कार्यक्रममा मौषमी गुरुङ्ग, मिलन अमात्यले सांगितिक प्रस्तुति दिएका थिए ।

भने इटहरी रहेको नागी डान्स सेन्टरका कलाकारहरुले नृत्य तथा कारागार भित्रै रहेका कलाकारहरुको ब्याण्ड कर्मवाद ब्याण्डका कलाकारहरुले पनि गित र नृत्य प्रस्तुत गरेका थिए । विभिन्न कारणले कारागारमा कैदीबन्दी जीवन विताइरहेकाहरुलाई हास्य कलाकार मनोज गजुरेलले पेट मिचीमिची हासाएका थिए ।

पुर्वाञ्चल क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुलाई लक्षित गरी पुन समाजमा फर्कदा सहज रुपमा जीवन निर्वाह गर्न सहज होस भनेर विभिन्न किसिमका सिप मुलक कार्यक्रमका साथै पुस्तकालय स्थापना , खेलकुदका गतिविधीहरु समेत  संचालन गरिदै आएको र कारागारलाई कैदीबन्दीले सजाय पाउने थलो होईन यसलाई सुधारगृहका रुपमा विकास गर्रौ भनेर सक्रिय भई लागेका ब्लक ए का आन्तरिक प्रशासनका चौकीदार मोहन घिसिङ र ब्लक बी का आन्तरिक प्रशासन तारा राई समेतको सक्रियतामा भएको उक्त कार्यक्रममा कारागारभित्रै विकास गरिएको कर्मवाद ब्याण्डका कलाकारहरुले पनि बेजोड कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

कारागारको ब्लक ए का आन्तरिक प्रशासन प्रमुख मोहन घिसिङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कारागारका सिटी कमाण्डर प्रेम लावतीले असल भावनाले प्रेरित भएर कारागारभित्र र बाहिरको दुनियालाई नियालेरे हेर्दा मावन जीवन कहि पनि सहज नभएको अभिब्यक्ति दिएर नेपालको बर्तमान अवस्थाको चित्रण गरेका थिए ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia