काठमाडौं, २० जेठ । कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारीमा हरेको माओवादी केन्द्रले मन्त्रीमा नयाँ अनुहार पठाउने भएको छ । नयाँ सरकारमा कुन–कुन मन्त्रालय लिने भन्ने टुंग्याउन माओवादीले वर्षमान पुन र कृष्णबहादुर महरामार्फत कांग्रेससँग छलफल गरिरहेको छ ।

वर्तमान सरकामा लिएकै मन्त्रालय लिने विषयमा कांग्रेससँग छलफल भएको तर अर्थ मन्त्रालय कांग्रेसले लिने सहमति भएको नेता वर्षमान पुनले बताए । उनलका अनुसार आइतबारसम्म माओवादीले कुन–कुन मन्त्रालय लिने भन्ने टुंगिनेछ ।

अहिलेभन्दा धेरै दललाई नयाँ सरकामा सहभागिता गराउन छलफल चलेको उनले जानकारी दिए । निर्वाचन अगाडि पाँचदेखि सात जनासम्मको मन्त्रिमण्डल गठन गर्ने र त्यपछि अन्य दललाई पनि सहभागी बनाउने विषयमा कांग्रेससँग मोटामोटी छलफल भएको उनले बताए ।

सरकारमा जानुअघि माओवादीले कांग्रेससँग एकखालको समझदारी पनि गर्ने भएको छ । समझदारी गर्ने विषयमा कांग्रेससँग छलफल भइरहेको माओवादी निकट स्रोतले जनाएको छ । कुन–कुन नेता मन्त्रिमण्डलमा सहभागी हुने भन्ने विषय भने प्रधानमन्त्रीले शपथ लिएपछि पार्टी बैठकबाट टुंगो लाग्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia