काठमाडौं, २० जेठ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरूद्ध गर्दै अाइरहेको छ । चितवनको भरतपुर महानगरपालिकामा स्थगित भएको मतगणना सुचारु गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गरेको अवस्थामा प्रधानमन्त्री निर्वाचन समेत हुन नदिने एमालेले बताएको छ ।
निर्वाचनको दिन पनि संसद् अवरूद्ध भए के हुन्छ ? यस्तो छ सभामुखको तयारी :
सकेसम्म सहमति : संसद्मा अवरोध कायमै रहे निर्वाचन प्रक्रिया सकेसम्म दलहरूबीचको सहमतिमै अघि बढाउने सभामुखको तयारी छ । सहमति जुट्ने उनको विश्वास छ ।
अवरोधकै बीच प्रक्रिया : दलहरूबीच सहमति नजुटे संसद् नियमावली र संविधानलाई आधार मानेर संसद्मा प्रक्रिया अगाडि बढाउने सभामुखसँग दोस्रो विकल्प छ ।अाजको नयाँ पत्रिकामा खबर छ।








