ललितपुर । देह ब्यापार चक्रब्यूहमा फस्न बाध्यहरूको अवस्था कल्पना गर्दा मात्रै पनि आङ सिरिङ हुन्छ । जो भुक्तभोगी छन्, उनीहरूको मनोदशा झन् कस्तो होला ?
यति बेला पाटन संग्रालयमा त्यस्तै कारुणिक कथा तस्बिर र पेन्टिङहरूमार्फत प्रदर्शन भईरहेको छ । द टु स्टोरिज प्रोजेक्ट प्रदर्शनी लैंगिक विभेदता तथा शोषण्का बारेमा सिद्धार्थ आर्टस् फाउन्डेसनले शनिबार सुरु गरेको हो । कान्तिपुर दैनिकमा खबर छ ।








