काठमाण्डाै । पूर्वराजा ज्ञानेन्द्र शाहको मुटुको धमनीमा दोस्रोपटक एन्जिओप्लास्टी गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार नर्भिक अस्पताल पुगेका उनको धमनीमा ब्लक देखिएपछि तत्काल एन्जिओप्लास्टी गरिएको हो। यसअघि सन् २०१४ मा मुटुमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरिएको थियो।

चिकित्सकहरूका अनुसार पूर्वराजा ज्ञानेन्द्रको नसा ८५ प्रतिशत ब्लक भइसकेको थियो। यो भनेको मानिस गम्भीर अवस्थामा पुग्नु हो। ‘पहिला पनि एन्जिओप्लास्टी गरिसकेका कारण उहाँ (पूर्वराजा) नियमित स्वास्थ्य परीक्षणमा आउनुहुन्थ्यो। यसपटक नयाँ नसामा ब्लकेज देखियो, जुन अति नै महत्वपूर्ण नसा हो। हामीले तत्काल उहाँको अनुमतिमा एन्जिओप्लास्टी गरी स्टेन्ट लगाउन सफल भयौँ,’ उपचारमा संलग्न डा. यादव भट्टले पत्रकारसँग भने।

स्वास्थ्य परीक्षणका क्रममा एन्जिओग्राफी गर्दा पूर्वराजा ज्ञानेन्द्रको मुटुको धमनी ब्लक भएको देखिएको थियो। नसामा ब्लकेज देखियो भने एन्जिओप्लास्टी गरी ब्लक भएको नसा खोल्ने र स्टेन्ट हाल्ने गरिन्छ। अहिले शाहको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्। उनलाई तीन दिनपछि डिस्चार्ज गर्ने अस्पतालले बताएको छ।

वंशाणुगत रोग : चिकित्सक

पूर्वराजा ज्ञानेन्द्रमा देखिएको मुटुरोग वंशाणुगत भएको चिकित्सकहरूले बताएका छन्। उपचारमा संलग्न डा. भट्टका अनुसार राजपरिवारमा वर्षौँदेखि देखिँदै आएको मुटुरोगले ज्ञानेन्द्रमा पनि निरन्तरता पाएको हो। परिवारका सदस्यमा रहेको नसा ब्लक हुने समस्या अर्को पुस्तामा पनि देखिने गरेको उनले बताए।

नेपालको स्वास्थ्यप्रति पूर्ण विश्वास

पूर्वराजा ज्ञानेन्द्रका निजी चिकित्सक डा. किशोर राणाका अनुसार उनी एक हप्तापछि बैंकक जाने तयारीमा थिए। बैंकक जानुपूर्व स्वास्थ्य परीक्षण गराउने क्रममा उनको मुटुमा समस्या भएको चिकित्सकले आशंका गरेका थिए। नेपालमा उपचार सम्भव भए आफू उपचार गराएर मात्रै बैंकक जाने बताएपछि चिकित्सकले पूर्वराजा ज्ञानेन्द्रको एन्जिओप्लास्टी गरेका हुन्।

‘नेपालको स्वास्थ्य सेवा गुणस्तरीय र विश्वसनीय रहेको भन्दै उहाँले नेपालमै उपचार गर्ने बताएपछि हामीले एन्जिओप्लास्टी गरी स्टेन्ट हालेका हौँ,’ डा. राणाले भने।

सुरुवाती चरणमा धूम्रपान तथा मद्यपानका कारण पूर्वराजा ज्ञानेन्द्रको मुटुमा समस्या भएको अनुमान गरिएको थियो। तर, अहिले उनले दुव्र्यसन त्यागिसकेका छन्। उनको जीवनशैलीमा पूरै परिवर्तन आएको छ। चिकित्सकहरूका अनुसार शरीरको तौलमा कुनै कमी आएको छैन, डाइबेटिज, कोलेस्ट्रोल पनि ठीक छ। मुटुमा समस्या गराउने रोगहरू ठीक हुँदाहुँदै पनि उनको नसा ब्लक हुनु वंशाणुगत रोग भएको डा. भट्टले बताए।आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia