काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको जिल्ला इन्चार्जसहित सचिवालय सदस्यको जारी विस्तारित बैठक लम्बिएको छ । बुधबार सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएपछि लम्बिन पुगेको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारबाट जारी माओवादी केन्द्र सचिवालय बैठकको तेस्रो दिन पनि नेताहरुले स्थानीय तह निर्वाचनको समीक्षा रिपोर्ट प्रस्तुत गरेका छन् ।

उनीहरुले बलियो संगठन नभएका कारण नै निर्वाचनमा अपेक्षित सफलता प्राप्त नभएको रिपोर्ट प्रस्तुत गर्दै नेताहरु जनतासमक्ष पुग्नुपर्ने तथा पार्टी पुनर्निर्माणमा लाग्नुपर्नेमा जोड दिए ।आजको राजधानी दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia