काठमाडौं । नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखउको छ । यसअघि सरकारले अन्तर्राष्ट्रिय सम्मेलनहरुमा नेपालमा वार्षिक ०.०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गर्ने गरेको थियो ।

विकसित मुलुकहरुले उत्सर्जन गर्ने कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्यास (ग्रिनहाउस ग्यास)का कारण नेपालको तापत्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो । नेपालले भने प्रतिवर्ष ०.१२ प्रतिशतमात्र ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले पहिलोपटक मुलुकभरका मौसम मापन केन्द्रको झन्डै ४० वर्षको तथ्यांक विश्लेषण गर्दै तापत्रम वृद्धिदर पहिलेभन्दा बडेको तथ्य सार्वजनिक गरेको हो ।आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia