
इनरुवा/फिल्म समिक्षकहरुले एवरेज मानेको मुन्ना माइकल दर्शकबाट ठिकठाकै प्रतिकृया पाइरहेको छ । ४५ करोडको लागतमा बनेको मुन्ना माइकलमा टाईगर श्राफ, नवाजुद्दीन सिद्दिकी, चेतना पाण्डे लगायतको अभिनय रहेको छ । सब्बिर खानले निर्देशन गरेको यस चलिचित्र माइकल ज्याक्सनको फ्यान भन्न रुचाउने टाइगरलाई माइकल जस्तो नृत्य गर्न चाहने युवाको भूमिकामा देखाइएको छ । डान्स, लभ र एक्सनको संयोजन रहेको मुन्ना माइकल शुक्रबारबाट अल इण्डिया रिलिजका साथ इनरुवाको कमल टाकिजमा समेत प्रर्दशन भैरहेको । कमल टाकिज इनरुवाले मुन्ना माइकल हेर्ने राम्रै दर्शक पाइरहेको छ । कमल टाकिजमा दैनिक ३ शो चलिरहेको छ ।








