काठमाडौं । एमालेले स्थानीय तहका जनप्रतिनिधिलाई पार्टीको कार्यकारी भूमिकाबाट हटाउने भएको छ । दोहोरो भूमिकामा रहँदा पार्टीको काम र जनताको काम दुवै प्रभावकारी रुपमा सम्पादन हुन नसक्ने निष्कर्षसहित एमालेले जनप्रतिनिधिलाई स्थानीय तहमा नै केन्द्रित गर्न लागेको हो ।पार्टीको तर्फबाट स्थानीय तहमा उम्मेद्वार भई विजयी भएकालाई पार्टीको कार्यकारी जिम्मेवारीबाट मुक्त गर्ने एमालेको तयारी छ ।
गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुख, जिल्ला समन्वय समितिको संयोजक र सहसंयोजकमा रहनेलाई पार्टी कमिटिको कार्यकारी भूमिकाबाट हटाउने विषयमा शीर्ष नेतृत्व सहमत भए पनि औपचारिक निर्णय भने भइसकेको छैन । आगामी स्थायी कमिटीको बैठकबाट निर्णय हुने नेताहरुको भनाइ छ ।आजको राजधानी दैनिकमा खबर छ।








