miss-earth-india-2015

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेर नेपालीलाई सताई रहेको वेला ‘मिस अर्थ’मा सहभागीता जनाएकी भारतीय सुन्दरी आइतल खोसलाले आफ्नो परिचयात्मक भिडियोमा नेपालको भूभागलाई भारतको भनेर दाबी गरिन् ।जब भिडियो सार्वजनिक भयो, त्यसपछि मात्रै ती सुन्दरीले थाह पाईन् भारतको भनेर राखिएको सुन्दर भू-भाग नेपालको रहेछ ।भिडियो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा आफ्नो आलोचना भएपछि खोसलालले नेपालीसँग माफी मागेकी छिन् ।आफ्नो इन्स्ट्राग्राममार्फत उनले भनेकी छिन्-‘प्रिय नेपाल, मेरो असावधानीले तपाईहरुको भावनामा चोट पुगेको छ । मैले तपाईहरुको भूभागलाई मेरो भिडियोमा प्रस्तुत गरेकोमा माफी चाहन्छु ।’

भिडियो प्रस्तुत भएपछि आफ्नो आलोचना भएको बुझेकी यी सुन्दरीले क्षमा माग्दै भनेकि छिन् ‘हामी प्रिय हौं र रहने छौं ।’उनले ‘मिस अर्थ’मा प्रस्तुत गरेको २ मिनेट १३ सेकेण्ड लामो भिडियोमा नेपालको सगरमाथादेखि विभिन्न भूभाग देखाउँदै भारतलाई हिमालयको देश भनेकी थिईन् । यतिसम्मकी उनको भिडियोमा काठमाडौमो दृष्य थियो भने नेपाली नम्बर प्लेटका गाडीहरु प्रशस्तै देखिन्थ्यो ।अष्ट्रियामा नोभेम्बर १९ देखि सुरु भएको ‘मिस अर्थ’को फाईनल डिसेम्बर ५ मा हुने भएको छ ।अनलाइनखबरबाट

 

https://youtu.be/eDQ0TAz9jFk

तपाईको प्रतिक्रिया

trusted online casino malaysia