२३ भाद्र, काठमाडौँ। नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडल प्रतियोगिताबाट आज सागर आले बाहिरिएका छन्।

उनी नेपाल आइडलको उत्कृष्ट ४ बाट बाहिरिएका हुन्। बाहिरिसँगै टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई प्रवेश गरेका छन्। अघिल्लो हप्ता जजहरुले पावर प्रयोग गरेर नो एलिमेशन घोषणा गरेपछि शो विवादमा मुछिएको थियो। जसकारण आज अघिल्लो हप्ताकै भोटिङका आधारमा एलिमेशन गरिएको हो।नेपाल आइडलजस्तो विख्यात स्टेजमा उभिएर उत्कृष्ट ४ सम्मको यात्रा तय गर्नु चानचुने विषय होइन। अब उपाधिका लागि तीन फाइनलमा यी तीन प्रतिस्पर्धी भिड्ने छन्।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia