काठमाडाैं । पूर्वराजा अहिले के गर्दै होलान् भन्ने अहिले सबैको चासोको विषय बनेको छ । करिब दुई साताअघि थाइल्याण्ड भ्रमण गरेर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दरबार हत्याकाण्डमा दिवंगत भएका आफ्ना दाजु, भाउजु, हजुरबुबा, र हजुरआमाको श्राद्ध गर्न व्यस्त छन् ।

उनलाई आफ्नो परिवारको श्राद्ध गर्न फुर्सद छैन। हिजो आइतबार २०५८ साल जेठ १९ मा हत्या भएका आफ्ना दाजु विरेन्द्र भाउजु ऐश्वर्या, दाजुका छोरा दिपेन्द्र र निराजनको श्राद्ध गरे। उनले निर्मल निवासमै सबै श्राद्ध गरेका हुन् ।

दरबार हत्यकाण्डमा १० जनाको हत्या भएको थियो । १६ दिन लामो सोह्र श्राद्धमा उनले पहिलो दिन आफ्ना बुबा महेन्द्रको श्राद्ध गरेका थिए । त्यसको पर्सीपल्ट हजुरबुबा त्रिभुवनको श्राद्ध गरेका थिए । भोलि मंगलबार हजुरआमा इन्द्रराज्यलक्ष्मी शाहको श्राद्ध गर्ने कार्यक्रम रहेको निर्मल निवास स्रोतले बतायो ।आजको नेपाल समाचारपत्रमा खरब छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia