काठमाडौं । सुमित्रादेवी पासवान धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ९ बाट वडा सदस्यमा उम्मेदवार बनेकी छिन् । एमाले उम्मेदवार पासवान कार्यकर्तासँगै घरघर डुल्दैछिन् । तर, उनैलाई कसरी मतदान गर्ने र कुन चिह्नमा छाप लगाउने भन्ने थाहा छैन ।

उनले न आफू चुनाव लडेको सही वडा बताउन सकिन् तन मतदान गर्ने तरिका नै । उम्मेदवार बनेको दलको नाम सम्झन पनि उनलाई गाह्रो भयो ।सोही वडामा माओवादी केन्द्रको टिकटमा दलित महिला सदस्यका लागि उम्मेदवारी दर्ता गराएर जनताको घरदैलो चहारिरहेकी सोनावतीदेवी पासवान पनि मतदान गर्ने शैलीबारे अनभिज्ञ छिन् । ‘यसअघि चुनावमा भोट खसाएकी छु । अहिले आफैं खडा भएकी छु तर नौलो मतपत्र आएकाले बुझ्न कठिन भइरहेको छ ।’

सबैला नगरपालिका १२ मा महिला सदस्यका लागि उम्मेदवार दिएकी माओवादीकै हिरादेवी सदाले पनि मतदान गर्न जानेकी छैनन् ।अाजको नागरिकमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia