काठमाडौं । भोलि हुने तेस्रो चरणको स्थानीय निर्वाचनको मुखैमा आएर प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधबकुमार नेपालबीच पानी बाराबारको स्थिति पैदा भएको छ । कारण–वरिष्ठ नेता नेपालको उत्तर कोरिया भ्रमण हो ।
राष्ट्रवादको नारामा सरकारलाई सधैं कटाक्ष गर्दै आएका ओली र नेपालको पछिल्लो भ्रमणबाट कूटनीतिक समस्यामा परेमा छन् । भारतीय नाकाबन्दीको सामना गरेर राष्ट्रियताका बिषयमा राम्रो जनमत बटुलेका ओलीलाई अहिले एमालेभित्रको राष्ट्रवाद र पार्टीको परराष्ट्र नीतिका बिषयमा प्रष्ट पार्न संयुक्त राष्ट्रसंघमा आबद्व सबै राष्ट्रहरुले एमालेसँग धारणा माग गरेका छन् । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको र एमाले प्रमुख प्रतिपक्ष भएकाले राष्ट्रसंघले प्रतिबन्द लगाएको मुलुकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका व्यक्तिलाई उत्तर कोरिया पठाउनुको कारण माग गरेपछि ओली समस्यामा परेका हुन् ।
उत्तर कोरिया माथि प्रतिबन्ध लगाउने बिषयमा एमालेले विश्वास पात्रको रुपमा चीनलेसमेत सहमति जनाएपछि ओली समस्यामा परेका हुन् । चीन, भारत, अमेरिका, रुसलगायत राष्ट्रहरुले भ्रमणका लागि प्रतिबन्ध लगाएको उत्तर कोरियाामा एमाले नेता नेपाल केहि दिन अघिमात्र गरेका थिए । एमाले नेता नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको खर्चमा इन्टरनेसनल फेस्टिभल इन् प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु नामक कार्यक्रममा प्रमुख अतिथि भएर उत्तर कोरिया गएका हुन् । भ्रमणमा नजान ओलीले नेपाललाई पटक पटक आग्रह गर्दा पनि अटेर गरेरै गएका थिए ।
उनी नेपाल सरकार, परराष्ट्र मन्त्रालय, आफ्नै पार्टी एमाले र नेपालस्थित कूटनीतिक नियोगको सल्लाह विपरित उत्तर कोरिया गएका थिए । सुरुमा उनी नेपालस्थित चीनियाँ राजदुतको सललाहमा उत्तर कोरिया गएपनि अहिले चीनले यसको औपचारिक खण्डन गरिसकेको छ । प्रधानमन्त्री भएलगत्तै भारत भ्रमणमा गएको तत्कालिन ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त हस्ताक्षर गर्न नमान्नु र ओली नेपाल फर्किएपछि भारतले अघोषित नाकाबन्दी गर्दा चीन सरकारले ग्यासलगायत अत्यावश्यक बस्तु दिने जनाएको थियो । तर त्यहि चीनले अहिले एमालेको राष्ट्रवाद र परराष्ट्रनीति के हो भनी प्रश्न उठाएपछि ओली नाजवाफ भएका छन् ।आजकोदेशान्तर साप्ताहिकमा खबर छ।









