काठमाडाैं । भोलि हुने तेस्रो चरणको निर्वाचनकै लागि स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल गृहनगर महोत्तरीमा आइतबार (अाज) जाँदै छन् । निर्वाचन आचारसंहिता शतप्रतिशत लागू हुनुपर्छ भन्ने मान्यतामा आफू रहे पनि दुरुपयोग भइरहेको उनी स्विकार्छन् ।उनले भने, ‘निर्वाचन तथा मौन अवधिलाई मर्यादित बनाउन निर्वाचन विधेयकमै दलले प्राप्त गरेको कुल मतका आधारमा राज्यले निर्वाचन खर्च व्यहोर्नुपर्छ ।

यसपटक यो व्यवस्था गर्न नसकिए पनि प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि यो व्यवस्था लागू गर्न म क्रियाशील हुन्छु ।’निर्वाचनलाई धाँधलीरहित, स्वतन्त्र, निष्पक्ष गराउन निर्वाचित कार्यकारी प्रमुख हुनै पर्नेमा उनले जोड दिए ।

कृषिमन्त्री रामकृष्ण यादवले आफू गृहनगर धनुषामा कार्यकर्ता तथा विभिन्न पेसामा आबद्ध व्यक्तिसँग बसिरहेको जानकारी दिए । उनले भने, ‘माता जानकीको आशीर्वादले मौन अवधि दुरुपयोग गरेको छैन ।’मौन अवधिमा हुने दुरुपयोगका सूचना पाए सरकार, आयोग र स्वयं मतदाता पनि त्यस्तो कुरा रोक्न तयार रहेको उनले बताए ।

वातावरणमन्त्री मिथिला चौधरीले आफ्नो पार्टीले मौन अवधिको दुरुपयोग नगरेको दाबी गरिन् । नेकपा संयुक्तबाट प्रतिनिधित्व गर्ने मन्त्री चौधरीले भनिन्, ‘सप्तरी जिल्लामा राँगा, सारी र पैसा बाँडेको मैले पनि सुनेकी हुँ । तर, प्रमाण नहुँदा कारबाही गर्न सकिएन ।’

जनताका लागि लोकतन्त्र ल्याएको दाबी हामी गर्छैाँ भने उनीहरूमा रहेको गरिबी, बेरोजगारी र अशिक्षाबाट फाइदा उठाउँदै उपहास गर्दै मत किन्न पुग्नुभन्दा ठूलो अपराध अरू केही हुनै नसक्ने उनले जिकिर गरिन् ।

मत किन्नु र मानिस बेच्नु उस्तै अपराध भएकाले त्यस्ता अपराधीलाई राज्यले कडाभन्दा कडा दण्ड गर्नुपर्ने पक्षमा आफू रहेको धारणा उनले राखिन् । मौन अवधि दुरुपयोग गर्ने हो भने गणतन्त्र किन र केका लागि भन्ने उत्तर प्रमुख दलहरूले जनतालई दिनुपर्ने मन्त्री चौधरीले बताइन् ।अाजको अन्नपूर्णमा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia