२ असोज, इनरुवा। इनरुवामा असोज १० गते आयोजना हुने कन्दरा साँझको तयारी पुरा भएको छ । आयोजक संस्था इनरुवा इभेन्ट म्यानेजमेन्ट सुनसरीका अध्यक्ष राकेश निरौलाले दिएको जानकारी अनुसार छैठौं मेघा रिदम इभ २०७४को सम्पूर्ण तयारी पुरा भएको हो ।


कार्यक्रम तालिका अनुसार असोज १० गते दशैंको षष्ठी अर्थात फूलपातीको अघिल्लो दिन साँझ ५ बजेबाट महेन्द्रचौकमा नेपालकै चर्चित बैण्ड कन्दराले सागिंतिक प्रस्तुती दिनेछ । दशैंको माहोललाई बैण्डका चर्चित गितका साथै स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुतीले तताउने आयोजकको विश्वास छ ।

अर्ना बियर मूख्य प्रायोजक रहेको छैंठौं मेघा रिदमकालागि आधुनिक साउण्ड सिस्टम र लाइटको प्रवन्ध मिलाइएको संस्थाका कोषाध्यक्ष पिताम्बर ढुङ्गानाले बताए । इनरुवा इभेन्ट म्यानेजमेन्टले इनरुवाको सांगितिक जमातलाई मध्यनजर गर्दै विगत केही वर्षयता सांगितिक कार्यक्रमको आयोजना गर्दै आएको छ । कार्यक्रम संयोजक समेत रहेका राकेश निरौलाले कार्यक्रममा निशुल्क प्रवेशको व्यवस्था गरिएकाले राष्ट्रिय कलाकारको उपस्थिती रहने सांगितिक साँझमा सहभागिताकालागि सबैमा आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia