१६ असोज,  एजेन्सी। भारतको दिल्ली, उत्तरप्रदेश, पञ्जाब, हरियाणापछि जम्मुकाश्मीरमा चुल्ठो काट्ने आंतक अहिले पनि जारी छ । चुल्ठो काट्ने आंतक नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारण नागरिकले प्रहरीप्रति तीब्र असन्तुष्टी जनाएका छन । नागरिकहरुको असन्तुष्टी सम्बोधन गर्न र चुल्ठा काट्ने आंतक नियन्त्रण गर्न भन्दै काश्मीर प्रहरीले आइतबार यसबारेमा सूचना दिने जोकोहीलाई छ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

यसभन्दा पहिला चुल्ठो काट्ने घटनामा संलग्न बारे जानकारी दिने व्यक्तिलाई तीन लाख पुरस्कार दिने घोषणा गरिएको थियो । तर उक्त घटनामा कमी नआएपछि वा नियन्त्रण गर्न कठिनाई भएपछि प्रहरीले छ लाख दिने घोषणा गरेको हो । प्रहरीले जारी गरेको सूचनामा चुल्ठो काट्ने घटनामा संलग्न कुनैपनि व्यक्तिका बारेमा जानकारी दिने वा समात्न सहयोग गर्ने व्यक्तिलाई छ लाख रुपैया पुरस्कार दिने बताइएको छ । भने सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य राखिने पनि प्रहरीले जनाएको छ ।

स्थानीयवासीले यस घटनामा सुरक्षाकर्मीको पनि हात रहेको हुन सक्ने भनी शंका जाहेर गरेका छन । नागरिकको आशंकाप्रति चासो दिदै काश्मीरका मुख्यमन्त्री महबुबा मूफ्तीको निर्देशमा राज्य प्रहरीले यस घटनाका सम्बन्धमा अनुसन्धान गर्न भन्दै एउटा विषेश टोली गठन गरेको छ ।एभरेष्ट दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia