काठमाण्डाै । शृंखलाबद्ध व्यक्ति हत्यामा संलग्न प्रकाशसिंह ठगुन्ना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले सिरियल किलर ठगुन्नालाई कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याएको हो ।
महाशाखाका अनुसार अभियुक्त ठगुन्नामाथि व्यक्ति हत्याको कैयौं उजुरी छन् । १० बर्षदेखि फरार रहेका शस्त्र भुमिगत समुहका सदस्य प्रकाशसिंह ठकुन्ना पक्राउ परेका हुन् ।दर्जनौं अपराधमा संलग्न रहेको आरोपमा प्रहरीले १० बर्षदेखि खोजी गरिरहेका उनी विहीबार महेन्द्रनगरको तिलाचौरमा ट्रयाक्टरले खते जोतिरहेको अवस्थामा फेला परेका हुन् ।आजको कान्तिपुरमा खबर छ ।








