काठमाडाैं । विजयकुमार गच्छदारलगत्तै कांग्रेस नेता रामचन्द्र पौडेलको बोल्ने पालो आयो । उनले वाम गठबन्धनका नाममा धु्रवीकरण गराउने र प्रजातन्त्रलाई मास्न खोज्नेविरुद्ध एक भएर लाग्नुपर्ने बताए । गच्छदारको पार्टी कांग्रेसमा मिसिँदा आफूहरूको अभियानमा बल पुग्ने बताए । तर, एकीकरण हुँदै गरेको गच्छदारको पार्टीको नाम सही उच्चारण गर्न जानेनन् । ‘संघीय लोकतान्त्रिक’ भन्ने शब्दावली दुईपटक उच्चारण गरे, फेरि ‘नेपाल लोकतान्त्रिक’ मात्रै भन्दा अलमलिए । फेरि सुधार्न खोज्दा ‘नेपाल संघीय लोकतान्त्रिक फोरम’ भने यतिखेरसम्म हलमा हाँसो गुन्जिसकेको थियो । पौडेलले पार्टीको नाम भन्न नसकेपछि हलबाट केही सहभागीले सही नाम भनिदिएपछि पौडेलले पाँचौँपटकमा ‘नेपाल लोकतान्त्रिक फोरम’ भने । आफ्नै पछिल्ततिर ब्यानरमा पार्टीको नाम उल्लेख भए पनि उनले त्यता ध्यान दिएनन् ।अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia