३१ असोज, इनरुवा। सुनसरीको इनरुवा नगरपालिका ७ चाँदबेलामा सद्भावकालागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । दुई वर्ष अघि स्थानीय दुई समूहबिचको मनमुटाबपछि उत्पन्न विवादले साविक चाँदबेला गाविस निकै समय आक्रान्त बन्न पुगेको थियो । दुई भिन्नाभिन्नै समूदायविचको झैझगडा र विभेद् अनत्यकालागि सरोकारवालाका साथै स्थानीय संघसंस्थाले निकै लामो प्रयत्न गर्नु परेको थियो ।
यतिवेला भने चाँदबेलावासीमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध स्थापित हुन पुगेको छ । संकल्प सिबिआर सुनसरीले यूएनडिपिको सामाजिक सद्भावकालागि लोकतान्त्रिक सहभागिता परियोजना मार्फत संचालनमा ल्याएका कार्यक्रम प्रभावकारी देखिएका छन् । सोही स्थानमा आज बहुसाँस्कृतिक सामाजिक सद्भाव कार्यक्रमको समेत आयोजना गरिएको छ । स्थानीय समूदायले कार्यक्रममा जातिय प्रस्तुति झल्कने नृत्य सँगै नाटक समेत मञ्चन गरी आपसमा सद्भावको सन्देश दिएका छन् ।
कार्यक्रममा समाजसेवी भगवती चौधरी, स्थानीय निर्वाचित जनप्रतिनिधी सहित यूएनडिपीका सामाजिक सद्भाव परियोजना प्रमुख राजेन्द्र सुब्बा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम लागु भएपश्चात स्थानीय तहमा सामाजिक सद्भाव कायम भई आपसी भाइचारा कायम हुन पुगेको संकल्प सिबिआर सुनसरीका अध्यक्ष लखनलाल साहले बताए ।
कार्यक्रम यूएनडिपी, वल्र्ड भिजन र इनरुवा नगरपालिकाको सहयोगमा संकल्प सिबिआर नेपाल सहित युथ क्रिएसन सुनसरीको सहकार्यमा बहुसाँस्कृतिक सामाजिक सद्भाव कार्यक्रम मूल तयारी समिति चाँदबेलाले आयोजना गरेको थियो । झाँकी सहित नृत्य र नाटकका मार्फत सामाजिक सद्भाद प्रगाढ बनाइराख्ने प्रयास गरिएको कार्यक्रम संयोजक नगेन्द्र चौधरीले बताए ।












