२ कार्तिक, इनरुवा। लक्ष्मी पुजा समारोह समिति इनरुवा ४ को बृहद साताव्यापी सांस्कृतिक सांझ भोलि देखि सञ्चालन हुदैछ। हरेक वर्ष तिहारको अवसरमा आयोजना हुदै आएको बृहद साताव्यापी सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएकोछ।
कार्यक्रममा कार्तिक ३ गते बिक्रम श्री बास्तोला सहित डान्स ग्रुप, ४ मा श्रीकृष्ण लुईटेल र मिस्टी डान्स गाईज दमक, ५ मा भरत सिटौला र संदेश सुबेदी सहित डि क्रक्स डान्स सेन्टर बिराटनगर, ६ मा भारतिय गायक रामबाबु झा र जुलि झा सहित नृत्यबाटिका धरान, ७ मा सुगम पोखरेल र ८ मा डिटु क्रेजी डान्स ग्रुप तथा स्थानिय कलाकार, ९ मा मिस्टी डान्स गाईज तथा अन्जु यादवको प्रस्तुति रहने छ।
आर्थिक संयोजक जिबानन्द झाका अनुसार कार्यक्रमको प्रायोजक कश्यप विधापिठ, यादव कन्ट्रक्सन, इनरुवा नगरपालिका कार्यालय, मकालु टेक्निकल कलेज, रिलायन्स सिमेन्ट, बाबा पेपर मिल्स, ॐ मिनी माइक्रो संघ रहेको छ।
इनरुवा ४ रामजानकी मन्दिर परिषरमा आयोजना हुने उक्त बृहद साताव्यापी सांस्कृतिक कार्यक्रम कार्तिक ३ गते रामजानकी मन्दिरको प्रांगनमा सुरु भै कार्तिक ९ गते छठ पर्वका दिन सुनसरी खोलाको परोपकार घाटमा समापन हुनेछ।









