१६ कार्तिक। बिगत वर्ष झै यस वर्ष पनि शान्ति युवा कल्ब इनरुवाले सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्तिक १७ गते अर्थात भोलि बेलुकी ४ बजे देखि सञ्चालन हुने सांगितिक कार्यक्रमको मुख्य आकर्षणमा अनुप्रसथ ब्याण्ड, द स्पर्श ब्याण्ड, स्थानिय कलाकार तथा विभिन्न डान्स ग्रुपको नृत्य रहनेछ।
कार्यक्रम संयोजक विकेस श्रेष्ठका अनुसार “कार्यक्रमको सम्पुर्ण तयारि पुरा भै सकेको छ भने उक्त सांगितिक सांझमा हाम्रो कल्बले व्याक्तित्व सम्मानको कार्यक्रम पनि गर्ने छ। थर्ड लाइभ कन्सर्ट विथ अनुप्रसथ नाम राखिएको उक्त कार्यक्रम इनरुवा १ शान्ति चौकमा बेलुका ४ बजे देखि हुन गैरहेको छ। टुबोर्ग बियरको मुख्य प्रायोजन रहेको कार्यक्रममा अनलाइन मिडिया पाटनर इनरुवा अनलाइन तथा रेडियो पाटनर पपुलर एफ एम रहेकोछ।









