नवलपरासी । कांग्रेसले अघिल्लो चुनावमा पार्टीकै आधिकारीक उम्मेदवारविरुद्ध बागी उठेका गुणनिधि तिवारी र उनकै प्रस्तावक बैजनाथ जयसवाललाई प्रदेशसभाको टिकट दिएको छ ।
तिवारीले २०७० को संविधानसभा चुनावमा नवलपरासी (तत्कालीन क्षेत्र नम्बर ४) बाट केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक तिवारी र जवसवालले कँडेलकै क्षेत्र (पश्चिम नवलपरासी क्षेत्र नम्बर २) बाट प्रदेशसभामा टिकट पाएका हुन् । आजको कान्तिपुरमा खबर छ ।








