अमर काफ्ले इनरुवा/प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ सुनसरीमा ५६ जनाको उम्मेद्वारी परेको छ ।

प्रतिनिधि र प्रदेश सभा दुवै तर्फ गरी सुनसरीको चारवटै निर्वाचन क्षेत्रमा १ सय ५३ जनाले उम्मेद्वारको मनोनयन दर्ता गराएका छन् । सुनसरीको क्षेत्र नम्बर १ मा १२, क्षेत्र नम्बर २ मा १६ जना, क्षेत्र नम्बर ३ मा १० र क्षेत्र नम्बर ४ मा १८ जनाले उम्मेदवारी दर्ता भएको छ ।

प्रतिनिधि सभा सदस्य तर्फ सुनसरी क्षेत्र नम्वर १ मा अशोक राई संघीय समाजवादी फोरम, कृष्णमान लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, जयकुमार राई नेकपा एमाले, टिकाराम राई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, दिपबहादुर खड्का राष्ट्रिय जनमोर्चा, नरेश राई राष्ट्रिय जनता पार्टी नेपाल, पदमबहादुर राई नयाँ शक्ति , पूर्णकला लिम्बु राष्ट्रिय जनमुक्ति पार्टी, बलबहादुर राई मंगोल नेशनल ओर्गनाइजेशन, बलराम पोखरेल एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी, रुपक कुमार श्रेष्ठ स्वतन्त्र, हर्कराज विष्ट मालेबाट उम्मेद्वारी परेको छ ।

१ को प्रदेश क मा नेपाली कांग्रेसका किशोर राई र एमालेबाट प्रदिप भण्डारी र नयाँ शक्तीपार्टीबाट दलमर्दन कामी, राप्रपाबाट नविन पराजुली, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्णबहादुर लिम्बु, राजमोबाट बालकुमार राई, विवेकसील साझा पार्टीबाट राजनकुमार श्रेष्ठ लगायत १३ जना रहेका छन् । १ ख मा नेपाली कांग्रेसबाट बुद्धिबहादुर कटुवाल एमालेबाट भीम आचार्य राजमुबाट लाखमान राई, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट भूपेन्द्र सुन्दर लावती, नयाशक्तीबाट गोकुल थापा, मंगोल नेशनलबाट कृष्णबहादुर लिम्बु, राप्रपा अर्जून भट्टराई लगायत ११ जना रहेका छन् ।

त्यसैगरी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसको तर्फबाट सीताराम मेहता, नेकपा माओवादी केन्द्रका तर्फबाट डम्मरु सुवेदी, संघीय समाजवादी फोरमबाट तेजनारायण चौधरी, नयाँ शक्तिबाट उमेशकुमार थापा, मंगोल नेशनल अर्गनाईजेसनबाट दिनेशकुमार राई, राष्ट्रिय जनता पार्टी नेपालबाट मुन्नादेवी मेहता, नेपाल संघीय समाजवादी पार्टीबाट मोहनकुमार न्यौपाने, स्वतन्त्र रुपमा कुन्दनकुमार मेहता, नवराज सिंह, नुनुराम चौधरी, प्रभु महतो, विरेन्द्रकुमार मेहता, एकीकृत राप्रपा राष्ट्रबादीबाट योगमाया तिम्सिना, राष्ट्रिय जनमोर्चाबाट बालकृष्ण सुवेदी, नेपाली जनता दलबाट विनोदकुमार साहले उम्मेदवारी दिएका छन ।

२ को प्रदेशसभा क तर्फ नेपाली कांग्रेसबाट हेमकर्ण पौडेल, एमालेबाट सर्बध्वज सावा, नया शक्तीबाट राजेश चौधरी, विवेकशीलबाट यूवराज खड्का, संघियलोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पदमकुमार लिम्बु, राजमोबाट दिनानाथ सिग्देल, संघिय समाजवादीबाट गंगाराम चौधरी सहित ११ जना रहेका छन् । २ को ख मा नेपाली कांग्रेसका राजीव कोइराला, एमालेका रामप्रसाद महतो, राप्रपाका मोजमिल अहमद, राजपाका महादेव मेहता, संघिय समाजवादीका नारायण यादव, नया शक्तीका ज्ञानदेव पण्डित लगायत ११ जना उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसको तर्फबाट विजयकुमार गच्छदार, नेकपा एमालेको तर्फबाट भगवती चौधरी, संघीय समाजवादी फोरम नेपालबाट पद्मकुमार अधिकारी, राजपा नेपालबाट मनिषकुमार रौनियार, राष्ट्रिय जनमुक्ती पार्टीबाट विशेश्वर यादव, ग्रिन पार्टी नेपालबाट सन्तोष तिम्सिना, स्वतन्त्र रुपमा कृष्ण कुमार सन्यासी, मो. नसिरुद्दीन मियाँ, बिमल कुमार पौड्याल, सज्जन ऋषिदेवले उम्मेदवारी दिएका छन । ३ को प्रदेश क मा नेपाली कांग्रेसका कुमारजंग थापा, एमाले लिलम बस्नेत, संघिय समाजवादीका सुरेशप्रसाद यादव, राजपाका मोहमद सरिफ रइम लगायत १० जना रहेका छन् ।

३ को ख मा अगमलाल चौधरी नेपाली कांग्रेस एमालेका रामदेव यादव, नयाशक्तीका धनराज मण्डल, राजपाका दिनेश कुमार मेहता, संघिय समाजवादी फोरम अवधनारायण यादव लगायत १० जना रहेका छन् । क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा सदस्य तर्फ नेपाली कांग्रेसको तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की, नेकपा एमालेको तर्फबाट रमेश श्रेष्ठ, संघीय समाजवादी फोरम नेपालबाट मनोजकुमार यादव, नेपाल संघीय समाजवादी पार्टीबाट जफर अहमद जमाली, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ध्रुबकुमार खड्का, नेपाली कांग्रेस बीपीबाट नसिम अन्सारी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रबादीबाट नेपाली जनता दलबाट सीताराम पोद्दार र हसबुल मन्सुरीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन ।

४ को क मा नेपाली कांग्रेस रेवतीरमण दुलाल, एमालेको जगदीश प्रसाद कुसियैत, नयाशक्ती पार्टीबाट जगत नारायण यादव, राजपा नागेश्वर मरवैता, राप्रपा भरतराज भट्टराई, राष्ट्रवादीबाट सत्रुघन प्रसाद यादव, संघिय समाजवादीबाट हरिगोविन्द यादव सहित १५ जना रहेका छन् । ४ ख बाट नेपाली कांग्रेसका ताहिर मिया, बाम गठबन्धनबाट माओवादी केन्द्रका राज्यमन्त्री जाकीर हुसैन, राजपा बाट रघुनाथ महतो, नयाशक्तीबाट राजे खत्वे, राप्रपा प्रजातान्त्रिकबाट हसबुल मिया, संघिय समाजवादी फोरमबाट मनोजकुमार यादव पाडा, राप्रपाका बच्चालाल यादव लगायत १६ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia