लेवनान / इश्लामिक स्टेट (आइएस) समूहले विस्थापित सिरियाली रहँदै आएको एक स्थानमा गराएको कार बम विस्फोटमा परी कम्तीमा ७५ जना सिरियाली जनताको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले आइतबार जनाएको छ । संस्थाले विस्थापित सिरियाली बसोबास गर्ने क्षेत्रलाई लक्षित गरी आक्रमण गर्न थालेपछि यसतर्फ अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंगठनको चासो बढेको जनाएको छ ।
“शनिबार सिरियाको पूर्वी राज्य देअर एजोरमा आक्रमण गर्दा बालबालिकासहित ७५ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन्,” संस्थाका प्रमुख रमी अव्देल रहमानले बताउनुभयो । पछिल्लो आक्रमणले सिरिया तथा इराकमा आइएसले ठूलो भूभागबाट आफ्नो नियन्त्रण गुमाएपनि अझै उनीहरूसँग भयानक आक्रमण गर्ने क्षमता रहेको देखिएको छ ।








