चर्चित अन्तराष्ट्रिय डीजे मार्समेलोले धोका दिएपछि उनका समर्थकहरुले काठमाडौंको दरबारमार्गमा रहेको नाइट क्लब डेजाभूमा बुधबार मध्यराती तोडफोड गरेका छन् । मार्समेलो आउने भनी प्रतिब्यक्ति २५ सय देखी एक लाख सम्म लिएर आयोजकले करिब ७ हजार दर्शकलाई टिकट बेचेका थिए । मार्समेलाको प्रतिक्षामा दर्शकहरु रमाइरहका थिए । तर राती १ बजेतिरमात्र आयोजकले स्वास्थ्यका कारण उनी नआउने जानकारी दिएपछि आक्रोशित दर्शकले क्लबमा तोडफोड गरेका थिए ।
जसकाकारण करीब २ करोड क्षती भएको क्लव सञ्चालकले जनाएका छन् । कार्यक्रमका आयोजक रितेश मुडवरी, राजीव महर्जन सहित डेजा भुका सञ्चालहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी, मिलन श्रेष्ठ, पृथु बास्कोटा, क्लबका क्याप्टेन आकाश न्यौपानेलाई पक्राउ गरेको अपराध महाशाखले जनाएको छ । बिहान ५ बजेतिर मार्समेलोले आफ्नो फेसबुक पेजमा स्वास्थ्यका कारण आफु काठमाडौंमा उपस्थित हुन नसकेको भन्दै क्षमा मागेका छन् ।
साभार श्राेतः न्यूज२४अनलार्इन








