
अमर काफ्ले इनरुवा पुष ५ / “टाइगर जिन्दा हे” शुक्रबारबाट प्रर्दशनमा आउदैंछ । बलिउडका सुल्तान मानिने सलमान खानको टाइगर जिन्दा हे बहुप्रतिक्षित फिल्म हो ।अल इण्डिया रिलिज सहित एकसाथ विश्व बजारका अधिकांश सिनेमा घरहरुमा प्रर्दशन अगावै अधिकांश फिल्मको अधिकांश टिकट बुक भैसकेको भारतीय मिडियाहरुले जनाएका छन् । नेपालमा समेत फिल्मको क्रेज देखिएको छ । हलहरुमा अग्रिम बुकिङ्गको क्रम समेत ह्रवात्तै बढेको छ । नेपाली वितरकले महँगो मूल्यमा हलको पर्दामा टाइगर जिन्दा हेलाई उतार्दै छन् । अधिकांश ठुला तथा साना हलहरुले फिल्म प्रर्दशनकालागि महँगो मूल्यमा इजाजत लिइसकेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् ।
इनरुवाको कमल टाकिजले समेत महँगो मूल्यमा फिल्म प्रर्दशनको इजाजत लिएको छ । हल संचालकहरुले बहुप्रतिक्षित फिल्म रहेको र आम दर्शकको मागलाई मध्यनजर गर्दै प्रर्दशनको तयारी गरिएको जनाएको छ । अल इण्डिया रिलिजकासाथ शुक्रबार १२ बजेबाट फिल्म प्रर्दशनमा आउने कमल टाकिज इनरुवाले जनाएको छ । सलमानको टाइगर जिन्दा हे लाई फिल्मी विश्लेषकहरुले यस वर्षकै सबैभन्दा हिट सिक्वेल हुने अनुमान गरेका छन् ।सलमान खान, क्याटरिना कैफ, परेश रावल अभिनित फिल्ममा हलिउड शैलीका एक्सन समावेश गरिएका छन् । फिल्ममा खतरनाक इराकी आंतकवादी संगठनको सफाया गर्न टाइगरको संघर्षलाई पर्दामा उतारिएको निर्माण पक्षले जनाएको छ । फिल्म १ सय २५ करोडमा निर्माण गरिएको छ । टाइगर जिन्दा हेले ३ सय करोड बढीको आंकडा पार गर्ने अनुमान गरिएको छ ।टाइगर जिन्दा हे २०१२ मा रिलिज भएको कबिर खान निर्देशित सुपरहिट फिल्म एक था टाइगरको सिक्वेल हो । जसलाई अलि अब्बासले निर्देशन गरेका छन् भने आदित्य चोपडाले निर्माण गरेका छन् ।








