खाडाचक्र ४ दलित टोलका ३९ वर्षीय माने विश्वकर्माको ७ जनाको परिवार करिब तीन साताअघि गाउँमा फैलिएको भाइरल ज्वरोले थला पर्यो ।छरछिमेकले एक साता खाना बनाएर खुवाए । महामारी फैलिएको खबर पाएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट चिकित्सक टोली आएर औषधि दिएपछि ज्वरो कम भएको छ । सबै उठेर बस्न सक्ने भएका छन् ।
६० वर्षअघि बुबा पर्से कामीले बनाएको पुरानो घर भत्किएपछि १३ वर्षदेखि छिमेकीले छाडेको घरमा बस्दै आएका माने र उनकी २९ वर्षीया पत्नी नन्दा शारीरिक अपांगता भएका व्यक्ति हुन् । पाखो बारीको उत्पादनले महिना दिन पनि खान पुग्दैन । सात जनाको यो परिवारमा कमाइ गर्ने कोही छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।








