ग्वाटेमाला सिटी, २२ असोज । ग्वाटेमालाको राजधानी सहरनजिकैको एक गाउँमा गएको पहिरोबाट उद्वारकर्ताहरुले हालसम्म २३७ व्यक्तिको शव निकालेका छन् । करिब एक हप्ताअघि गएको पहिरोमा पुरिएका व्यक्तिलाई ती उद्वारकर्ताहरुले निकालेका अधिकारीहरुले बिहीबार जनाकारी दिएका छन् ।

gutemala
ग्वाटेमालाको एक गाउँ एल क्याम्बरेको सन्ता क्याटरिना पिनुलामा गत बिहीबार राति गएको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २३७ पुगेको र अझै पनि १५० बेपत्ता भएका अधिकारीहरुले जनाएका छन् ।
ग्वाटेमालाका सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार सो इलाकामा आएको भीषण पहिरोमा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २३७ पुगेको हो ।

यस दुर्घटनामा पुरिएर रहेका हुनाले उद्वारकर्ताहरु जीवितै उद्वार गर्न सकिन्छ कि भन्ने आसमा उद्वार कार्यमा निरन्तर रुपमा रहेका जनाइएको छ ।  तर पनि बिहीबार राति नै ती अधिकांश गाउँले पुरिएकोले उनीहरुको जीवितै उद्वारको कार्य भने अब असम्भव प्रायः नै रहेको धेरैको भनाई छ ।नेसनल डिजास्टर मिटिगेसन कोर्डिनेसन (कोन्रेड) का अनुसार यस पहिरोमा १ सय भन्दा बढी घर डुबानमा परेका छन ।

साभार : पुर्वेली न्युज

तपाईको प्रतिक्रिया

trusted online casino malaysia