रोल्पा,  ५ जेठ ।  गाउँमा विद्यालय भवन अभावमा विद्यार्थी धुले कोठमा पढ्न बाध्य छन् । अझ साना साना नानीसमेत धूलैधूलोले ढाकिएको कोठामा लेखपढ गर्दै आएका छन् ।तर, विद्यालय छेउमा भने लाखौंको लगानीमा प्रभुका नाममा भजन मण्डली बनाइएका छन् ।

पक्की संरचनाका यी भजन मण्डली भवनका बारे कतै सोधखोज गरिएको छैन । देश धर्मनिरपेक्ष भएसँगै मौलाउन थालेको प्रभु अनुयायीहरुको आर्थिक चलखेलको लेखाजोखा गर्ने कुनै पनि निकाय सक्रिय देखिँदैन ।उनीहरुको जीवनशैलीमा आएको अचाक्ली परिवर्तन, अप्रत्याशित आयवृद्धिका बारेमा चासो नलिने सम्बद्ध सरकारी निकाय प्रभुका नाममा गरिने आर्थिक कारोबारको लेखापरीक्षण र सार्वजनिक महत्वका ठाउँमा बनाइएका प्रभु भवन निर्माणको कानुनी स्थितिबारे जाँच गरेका छैनन् ।

अहिले रोल्पा जिल्लामा विभिन्न नाम गरेका करिब पाँच दर्जन प्रभुगृह बनेका छन् ।  कुनै समय मन्दिरको तथ्यांक राख्ने जिल्ला प्रशासन कार्यालयसँग ती भवनको वैधानिकताबारे जानकारी छैन ।तन्त्रमन्त्रको प्रयोग गरेर झारफुक गर्ने र रोगीको उपचार गर्ने धामी झाँक्री हराउँदै गएका बेला प्रार्थनाबाट चमत्कारिक ढंगले जस्तोसुकै रोगव्याध बिसेक हुने विश्वास दिलाउन प्रभु यसुका अनुयायीको संख्या बढोत्तरी भएको छ ।उनीहरुका प्रर्थनास्थल चर्च वा भजन मण्डली जिल्लाान बग्रेल्ती छन् । आजको नागरिकले यो समाचार छापेको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia