काठमाडौं, ६ जेठ । पर्साको पोखरिया नगरपालिका ९ का रघुनाथ साहकी २२ बर्षीया छोरी मधुमाला कुमारीको बिहे २०७१ मा पर्सौनबिर्ताका मनजो साह तेलीसँग धुमधामसाथ भएको थियो ।त्यस्तै तीन बर्ष नबित्दै रघुनाथ छोरी मधुसालाको ज्वाईँ र परिवारजनले हत्या गरेको भन्दै न्यायको खोजीमा जिल्ला अदालतदेखि प्रहरीसम्म धाईहरेका छन् ।
उनी दाईजोका कारण छोरी मारिएको बताउँछन् ।वीरगन्ज महानगरपालिका ३१ इस्लामपुरकी २० बर्षीया अन्जुम आराको गत वैशाख १८ मा घरमै शंकास्पद अवस्थामा लास भेटियो ।दाई नपाएको निहुँमा परिवारका सदस्यले घाँटी थिचेर हत्या गरको माईती पक्षको आरोप छ । यो खबर आजको नागरिक दैनिकमा छ ।








