काठमाडौं, ८ जेठ । सरकारी वकिलले सुन तस्करीर र हत्या मुद्दाका अभियुक्तहरुलाई थुनामा नराखी छोडे प्रमाण नष्ट हुने, संगठित अपराधिले प्रोत्साहन पाउने एवं अभियुक्त स्वयं असुरक्षित हुने तर्क दोहो¥याएका छन् ।

प्रतिवादीका वकिलको बहस सकिएपछि सोमबार ‘ प्रत्यसत्तर बहस’ गर्दै मोरङका जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले उपलब्ध प्रमाणको आधारमा सबै अभियुक्त कसुरदार रहेकाले थुनामै राखेर पुर्पक्ष गर्न माग गरे ।

साढे ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दामा इजलास नम्बर ३ को न्यायाधिश नारायण प्रसाद शर्मा समक्ष प्रत्युत्तर बहस गरिएको हो ।थुन छेकको यो बहसमा पाठकसहित चार जना सरकारी वकिल सहभागी हुने जनाइएको छ ।

मंगलबार थप तीन जना सरकारी वकिलेको बहस सकिएपछि भ्याए त्यहि दिन नत्र बुधबार न्यायाधिशबाट थुनछेक आदेश जारी हुने अदालत स्रोतले जनाएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia