बर्दिवास,  १३ जेठ  । महोत्तरीको बर्दिवास नगरक्षेत्र लागुपदार्थ दुर्व्यसनीको अखाडा बनेको छ। लागूपदार्थ प्रयोग गर्ने दुर्व्यसनी र यस्ता सामग्रीको ओसारपसार गर्नेको संख्या बढ्दै गएपछि यस्तो अवस्था बनेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको हो।सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागूपदार्थ दुर्व्यसनी र यसको ओसारपसारसँग सम्बन्धित पाइने गरेको प्रहरीको भनाइ छ।

यस्ता प्रकृतिका घटना बर्दिवास नगर क्षेत्रमा गत आर्थिक वर्षमा ५३ वटा भएकामा यसपाली भने यो संख्या १०० को हाराहारी पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।

‘घटना अभिलेखले सवारी दुर्घटना, चोरी, घरेलु हिंसा र आत्महत्याका घटना लागूपदार्थ दुर्व्यसन तथा ओसारपसार भन्दा छुट्टै जस्ता देखिन्छन्’ शनिबार बिहान बर्दिवास नगरपत्रकार सञ्जालमा आवद्ध सञ्चारकर्मीसँगको कुराकानीमा प्रनाउ (डिएसपी) पोखरेलले भने, “तर, यी घटनाको सम्बन्ध केलाउँदै जाँदा धेरैजसो घटनाको कारण लागूपदार्थको दुर्व्यसन नै रहेको पाइएको छ।”

पछिल्ला अनुसन्धानबाट लागूपदार्थ र दुर्व्यसन ओसारपसारमा १५/१६ वर्षका किशोरदेखि ४० वर्ष उमेर समूहसम्मका युवायुवती सरिक पाइएका प्रहरीले जनाएको छ। विद्यालयमा कक्षा नौरदश मा पढ्दै गरेका किशोर छात्रछात्रा पनि दुर्व्यसनीको कूलतमा फसेको पाइएको प्रनाउ पोखरेलले जानकारी दिए।जिल्लामा लागुपदार्थ दुर्व्यसन र यसको ओसारपसारसँग सम्बन्धित घटनामध्ये ८० प्रतिशतभन्दा बढी बर्दिवास नगर क्षेत्रकै हुनेगरेका पाइएको छ। नेपाल समाचारपत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia