काठमाडौं, २५ जेठ । पूर्वयुवराज पारस शाह पछिल्लो समय धार्मिक कार्यक्रममा व्यस्त हुन थालेका छन्।परिवार छाडेर एक्लै बस्दै आएका पारस एक महिनायता विभिन्न मठमन्दिरको दर्शनमा धाउन थालेका छन्।सुनाकोठी बस्न छाडेर केही दिनदेखि अनामनगरस्थित हाउजिङमा बस्दै आएका उनी अधिकांश समय मृगस्थलीस्थित बाबा गोरखनाथ आश्रममा दर्शन गर्न थालेका छन्।
हिजो बिहीबार छोरा हृदयेन्द्र, कान्छी छोरी कीर्तिका, धिरेन्द्र पुत्री दिलासा र पूजासहित गोरखनाथ आश्रम पुगेका थिए। पुस्तकालयमा बसेर आध्यात्मिक पुस्तक अध्ययन गर्न उनी गोखरनाथ आश्रम पुग्ने गरेका छन्।
फुर्सदको समयमा आफ्ना छोराछोरीसँग घुम्न रुचाउने उनी लामो समयदेखि श्रीमती हिमानीसँग औपचारिकरूपमा भेट हुन सकेको छैन।स्रोतका अनुसार स्थानीय जनताको सहभागितामा धार्मिक कार्यक्रममा जान थालेका पारस पछिल्लो एक महिनायता गएको वैशाख १५ गते महालक्ष्मी गुम्बा, २२ गते पलाञ्चोक भगवती दर्शन गर्न पुगेका थिए।आजको नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ।









