गुल्मी, २४ असार । गुल्मीको मालिका गाउँपालिकामा बिस्पोटक पदार्थ फेला परेको छ ।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ अर्खाबाङ्ग भिरकुना स्थित पुरानो तत्कालिन माओवादीले लगाउने कम्ब्याडमा बेरेर राखेको अबस्थामा ३ वटा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।
स्थानिय बामदेव अर्यालको खरबारीमा शनिवार खानेपानीको पाइप खन्ने क्रममा फेला पारेको प्रहरीले जनाएको छ । स्थानियले बम जस्तो फेला पारेसँगै प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले घटना स्थल वरिपरि हेर्नेक्रममा सोहि ठाउँको १० मिटर नजिकै ओडारमा बड गृप टुट्टिएको अबस्थामा पुरानो खालको हर्नेट नामक बन्दुक समेत फेला परेको प्रहरी उपरिक्षक द्धिबेदीले जानकारी दिए ।
बम द्धन्दकामा तत्कालिन माओवादीले राखेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।बम डिस्पोजल गर्नको लागि बिरभद्रजंग गुल्मबाट डिस्पोजल टोली घटना स्थल तर्फ लाग्ने तयारीमा रहेको बिरभद्रजंग गुल्मका गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिए ।
बम फेला परेको स्थानल सदरमुकामबाट झण्डै १ सय किलोमिटर टाढाको दुरीमा पर्दछ । बम फेला स्थानलाई प्रहरीले घेराबन्दी गरेर राखेको छ । खबर अजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।








