काठमाडौँ । चिकित्सा शिक्षा विधेयक संशोधन दर्ताका लागि अनुमोदन भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले विधेयक संशोधन दर्ताका लागि अनुमोदन गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेस गर्नुभएको विचार गरियोस् प्रस्तावलाई सदनले अनुमोदन गरेको हो । संशोधनका लागि अनुमोदन भएसँगै अब विधेयकका प्रावधानमा सांसद्हरूले संशोधन दर्ता गराउन सक्नेछन् ।

सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतालाई मूल विधेयकमा अंश बन्ने गरी समितिमार्फत् औपचारिक रूपमा संसद्मा पेस गर्ने प्रक्रिया अब अगाडि बढ्न सक्नेछ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली अनुसार सांसद्हरुले ७२ घन्टाभित्र संशोधन दर्ता गर्नुपर्छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia