काठमाडौँ, १७ साउन । २०७२ बैशाख १२ गते गएको शक्तीसाली भुकम्पबाट ध्वस्त भएर बाकी रहेको धरहराको ठुटो छोप्दै काठमाडौं महानगरपालिका ।भुकम्प गएको ३ वर्ष पछि बल्ल छोपिएको हो ।
धरहरा छोप्ने कार्यक्रममा कामपाका उपमेयर हरीप्रभा खड्गी, महानगरका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।कामपा दमकलको ल्याडर लगायतका यन्त्र प्रयोग गरी धरहरा छोपिएको हो ।
वर्षातको कारण इतिहास बोकेको धरहरा को ठुटो मक्किन सक्ने सम्भावना बढेपछि छोपिएको हो ।प्राधिकरणले केही दिनपछि पुननिर्माण शुरु गर्ने लक्ष्य लिएको छ । नेपाल समाचारपत्र दैनिकबाट









