हरेक दिनको धुलोधुँवा झेल्दै आएका विराटनगरवासीलाई समस्याले कहिल्यै छोडेन । गर्मी याममा अत्याधीक गर्मी हुने र धुलो धुँवा त छदैछ सामानय वर्षातमा समेत विराटनगरका सडकहरुमा पानि जम्ने गर्छ । पनः निर्माणको नाममा चौतर्फ भत्काईएका सडक, र विकास निर्माणको कामले गर्दा जनजिवन अस्तव्यस्त बनेको छ ।
अझ निर्माण सम्पन्न भईसकेका बाटो तथा ढलहरु महिना दिनमै भत्किन थाले पछि यहाका जनता थप मारमा परेका छन् । विरातनगर – ९ स्थित संसारीमाईस्थान नजिक रहेको बाटो छेउको ड्रेन एक महिना नवित्दै भत्किएको हो । हिजो परेको समान्य वर्षालेनै नाला भत्काए पछि स्थानियबासी रुस्ट भएका छन् । उनिहरूले ठेकेदारले कमसल सामाग्री प्रयाेग गरेकाे तथा विराटनगर महानगरपालिकाले अनुगमन नगरेकाे समेत बताएका छन् ।









