काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली राति ढिलोसम्म बस्ने र बिहान सबेरै उठ्ने गर्छन् ।‘मेरो कम सुत्ने बानी हो,’ उनले सोमबार सम्पादकहरुसँगको कुराकानीको क्रममा भने, ‘म एकछिन पनि झकाउँदिनँ, पूरै अलर्ट भएर बैठकमा बस्छु ।’

पहिलेदेखि आफू बिहान दुई–तीन बजेसम्म बस्ने गरेको र बिहान पनि सबेरै उठ्ने गरेको उनले बताए । ‘हिजो राति साढे दुई बजे सुतेँ र बिहान ६ बजे उठेँ,’ उनले भने, ‘आज राति भने १ः१५ बजे सुतेको थिएँ, बिहान ५ः१५ बजे नै उठेँ ।’आफूलाई जस्तै कठिन परिस्थिति पनि केहीजस्तो नलाग्ने समेत उनले बताए । ‘पिरचिन्ता लाग्दैन,’ उनले भने, ‘पश्चाताप पनि गर्दिनँ । काम विचार पुर्‍याएर गर्छु ।’ नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia