ल्हासा, चीन । चीनसंग रेलमार्ग जोडिने विषय नेपालीका लागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भइरहेको बताएका छन् । तिब्बत जनकांग्रेसको स्थायी समिति उपाध्यक्ष तथा बाह्रय सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले नेपालसंग रेलमार्ग जोड्न चीन सरकारले उच्च प्राथामिकताका साथ काम गरिरहेकाले ५ बर्ष भित्र काठमाडौंमा रेल पुग्ने बताउनुभएको छ ।
ल्हासामा सम्पन्न चौथो नेपाल, चीन– तिब्बत पर्यटन तथा सांस्कृतिक एक्सपोमा सहभागी आउनु भएका उपाध्यक्ष चु ले प्राकृतिक रुपमा केही अप्ठेराहरु हरेपनि केरुङ हुदै काठमाडौँसम्म रेल पुर्याउन ५ बर्ष लाग्ने बताउनुभयो । उपाध्यक्ष चु ले नेपालले चीनसंगको सिमासम्म सडक सञ्जाललाई विस्तार गर्नुपर्ने उल्लेख गर्दै सिगात्सेको रेल केरुङ हुदै काठमाडौँ पुर्याउन उच्च प्राथामिकताका साथ काम गरिरहेको बताउनुभयो ।
उहांले भन्नुभयो – तिब्बतले नेपाल हुदै दक्षिण एसियासम्म रेलमार्ग जोड्न चाहेको छ त्यसैले काठमाडौँसम्म तत्कालै रेल पुर्याउने कुरा हाम्रो उच्च प्राथामीकतामा छ । अाजकाे नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।









