रौतहट, २ असोज  ।  रौतहटका दुईजना किशोरीलाई तेजाव हानेको अभियोगमा उनीहरुकै एकजना छिमेकीलाई  प्रहरीले पक्राउ गरेको छ ।चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झनाकुमारी दास  र उनकी बहिनी १५ वर्षीया सुस्मिता कुमारीमाथि तेजाव हानेको अभियोगमा छिमेकी रामबाबु पासवानलाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।

घटनाको ६ दिनपछि प्रहरीले बिरामी कुरुवा बसेका घाइतेहरुका छिमेकी पासवानलाई कीर्तिपुर अस्पतालबाट पक्राउ गरेको हो । पक्राउ परेका पासवान पीडितका बुवा जादोलाल दाससँगै अस्पतालमा कुरुवा बस्न काठमाडौँ गएका थिए ।प्रहरीले पासवानलाई पक्राउ गरेकोबारे केही विवरण सार्वजनिक गरेको छैन । तर पीडित किशोरीका बुवा जादेलालले छिमेकी पासवानलाई प्रहरीले पक्राउ गरेको बताएका छन् ।

उनलाई प्रहरीले सोमवार काठमाडौँबाट रौतहट ल्याएको छ । गत भदौ २६ गते राति करिब १२ बजे सम्झना र सुस्मिता सुतिरहेको अवस्थामा तेजाव हानिएको थियो ।तेजाव हानिएपछि उनीहरुको उपचारमा सहयोग गर्न पासवान नै पहिले पीडितको घरमा पुगेका थिए । कीर्तिपुरस्थित अस्पतालमा दुवै दिदीबहीनीको  उपचार भइरहेको छ । कुरुवा बस्दा पासवानमाथि शंका लागेको किशोरीहरुका बुवा जादोलालले बताए ।

पासवानमाथि अनुसन्धान गरेर कडा भन्दा कडा कारवाही गर्न  उनले माग गरेका छन् । ठुली छोरी सम्झनाको अवस्था अझै पनि गम्भीर छ । उनको शरीरको ३५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ । उनको अनुहार, घाटी, ढाड र छाती गहिरो गरी जलेको छ । बहिनी सुस्मिताको भने अवस्था सामान्य हुँदै गएको छ ।अन्नपूर्ण पोस्ट दैनिकबाट

तपाईको प्रतिक्रिया

trusted online casino malaysia