शनिबार राजधानीको मुटु दरबारमार्ग स्थित स्ट्रिट फेसटिभलको आयोजना भएको थियो । जहाँ भारतबाट आएका टप र्यापर बादशाह लगाएत नेपालकी चर्चित गायिका इन्दिरा जोशी ,एड रे, द एड्ग्य ब्याण्ड र बादशाको साथमा आएकी गायिका आस्था गिलले आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।

दिउसो २ बजेबाट सुरु भएको म्युजिकल कन्सर्टमा लोकल ब्याण्डले प्रस्तुति दिएका थिए । करिब ३ बजे पश्यात इन्दिरा जोशी, एड रे, पोखराको फेमस ब्याड द एड्ग्य ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए भने करिब ६ बजे पछि किंग अफ बलिउड बादशाहले अन्त्यमा आफ्ना ब्याण्डका सहित विभिन्न गीतसंगीतका साथमा आफ्नो प्रस्तुति दिएका थिए ।

रातो कलरको कपडामा सजिएर आएकी गायिका इन्दिरा जोशीले ‘मेरै अघि मेरी माया अर्कैकी बेहुली, मोटर साइकलमा, उद्रेको चोली जस्ता गीतहरु गाएर हजारौ दर्शकहरुलाई उफारेकी थिइन । उनका हरेक प्रस्तुतिमा दर्शकहरु हो-हल्ला तथा ताली गुन्जिरहेका थिए भने नेपाल आइडलको जजको हैसियतले ‘नेपाल आइडल सिजन २’ को प्रचारप्रसार समेत गर्न पछि परिनन् ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia