- दिपेन्द्र यादव

इनरुवा । नेपाल विधार्थी संघको महामंत्रीमा पहिलो पटक कपलेश्वर यादव चयन हुनुभएको छ । नेपाली काग्रेंसको भातृ संस्था नेपाल विधार्थी संघको केन्द्रिय कार्यालयको पत्रानुसार नेपाली काग्रेंसको विधान २०१७ संसोधित र परिमार्जन सहितमा भएको व्यवस्था तथा कांग्रेस र फोरम लोकतान्त्रि बीच भएको सहमती बमोजिम संघको महामंत्रीमा कपिलेश्वर यादवलाई मनोतित गरिएको हो ।

चयन भएका यादवले आफू पार्टी र नेपाल विधार्थी संघको विधानमा रही नेपाली विधार्थीको हक हित र अधिकारको पक्षमा वकालत गर्ने यादवले बताए । त्यसैगरी केन्द्रीय सदस्यहरुमा १४ जना मनोनित गरिएको छ । केन्द्रिय सदस्यहरुमा राजु पौडेल, पारसनाथ चौधरी, अमित कुमार यादव, वबिता यादव, सागर मण्डल, डा. अबुल हुसैन अंसारी लगायतका व्यक्तिहरुलाई मनोनित गरिएको छ । यता यादव महामंत्री मनोनित भएसंगै अव आउने केही सताभित्रै देशमा नयाँ क्रान्ती ल्याउँने बताउनु भएको छ ।

तपाईको प्रतिक्रिया

trusted online casino malaysia